PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बन्द भयो विराटनगरको 'भारतीय क्याम्प'



पहिलोपोस्ट

बन्द भयो विराटनगरको 'भारतीय क्याम्प'

काठमाडौं: भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ। 

नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आएका थिए। नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८–२९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको सो मन्त्रालयले जनाएको छ। 

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गर्नुभएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell