PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चौथो पटक म्याद थपिँदा पनि पुरा भएन नारायणगढ - मुग्लिन सडक : छानबिन गर्न गृहमन्त्रीको निर्देशन



चौथो पटक म्याद थपिँदा पनि पुरा भएन नारायणगढ - मुग्लिन सडक : छानबिन गर्न गृहमन्त्रीको निर्देशन

चितवन: राजधानी जोड्ने लाइफलाइनका रुपमा हेरिएको नारायणगढ-मुग्लिन सडकखण्डको काम समयमा नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न निर्देशन दिएका छन्।

सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदै गर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन्।
 
गृहमन्त्री थापाले सडकको अब सडक निर्माणका लागि समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताए। सो सडकको चौथो पटक समय थप गरी सकिएको छ। पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ।

नारायणगढ - मुग्लिन सडकखण्डको हालसम्म ८८.१४ प्रतिशतमात्र काम सकिएको छ। जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिदै मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिए। उनले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिएका थिए।

गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिए।

सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell