PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो छ रसियामा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली, जित्ला उपाधि?



पहिलोपोस्ट

यस्तो छ रसियामा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली, जित्ला उपाधि?

अर्को महिना रसियामा हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाको २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक जोर्स साम्पोलीले प्रारम्भिक चरणमा छनोट भएका ३६ खेलाडीबाट अन्तिम २३ जनाको नाम सोमवार घोषणा गरेका हुन्।

जसमा चर्चित खेलाडीहरु लियोनल मेसी, सर्जियो अगुएरो, गोन्जालो हिग्वेन, एन्जल डि मारिया, ज्याभिएर मास्केरानो, पाउलो डिबला जस्ता खेलाडी छन्। 

तर इन्टर मिलानलाई च्याम्पिनय लिगमा छनोट गराउन सफल टिमका कप्तान माउरो इकार्डी अन्तिम टोलीमा अटाएनन्।

चार वर्ष अघि ब्राजिलमा विश्वकप खेलेका टोलीका ८ खेलाडी मात्र यसपटक अर्जेन्टिनाको टोलीमा रहेका छन्।
 

यस्तो छ २३ सदस्यी अर्जेन्टाइन टोली

गोलकिपर : सर्जियो रोमेरो, विलफ्रेड काबालेरो, फ्रान्को अर्मानी

डिफेण्डर : गाब्रीएल मर्साडो, क्रिस्टियन अन्साल्डी, निकोलस ओटामेन्टी, फडेरिको फाजियो, मार्कोस रोहो, निकोलस ट्यागलिएफिको, मार्कोस अकुना

मिडफिल्डर : ज्याभिएर मास्केरानो, एडुवार्डो साल्भियो, लुकास बिग्लिया, गिभानी लो सेल्सो, एभर बनेगा, मानुएल लान्जिनी, म्याक्सिमिलियानो मेजा, एन्जल डि मारिया, क्रिस्टियन पाभोन

फरवार्ड : लियोनल मेसी, पाउलो डिबला, सर्जियो अगुएरो, गोन्जालो हिग्वेन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell