PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बाबुराम भट्टराईको टिप्पणी : संविधान संशोधनको कुरा आएन



पहिलोपोस्ट

बाबुराम भट्टराईको टिप्पणी : संविधान संशोधनको कुरा आएन

काठमाडौं : सरकारको पहिलो नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा पनि आउनुपर्ने टिप्पणी नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरेका छन्।

भट्टराईले संघीयता कार्यन्वयनका पक्षमा अहिले पनि असन्तुष्टी रहेकाले संविधान संशोधन मार्फत् विभिन्न कुरा समेटिनुपर्ने प्रतिक्रिया दिए।
‘संघीयतामा जति जोड दिइनुपर्थ्यो त्यति आएन। स्थानीय निकाय र प्रदेशलाई सबल बनाउनेमा जोड पुग्नुपर्ने थियो तर पुगेन,’ भट्टराईले भने, ‘नीतिगत कुरा गर्ने हो भने, नेपालमा संविधान संशोधन गरेर संघीयतालाई पूर्णता दिने भन्ने विषय अपुरो नै रह्यो।’

‘पहिलो नीति तथा कार्यक्रम हुँदा संविधान संशोधन गरेर कतिपय विषयलाई सम्बोधन गरिने कुरा पनि आउनुपर्ने थियो। त्यो चाहिँ छुटेको हो, या जानी जानी छुटाइएको हो भन्ने लाग्छ,’ भट्टराईले प्रतिक्रिया दिए।

कतिपय लक्ष्यहरु किटानी गरिएकोप्रति भट्टराईले अविश्वास व्यक्त गरे।

‘पाँच वर्षमा प्रतिव्यक्ति आयलाई डबल गर्ने तर दुई अंकको आर्थिक बृद्धिदर पाँच वर्षपछि मात्र प्राप्त गर्ने भनेपछि चार वर्षसम्म त दुई अंकको आर्थिक वृद्धि हुँदैन। दुई अंकको आर्थिक बृद्धिदर हासिल नभइ प्रतिव्यक्ति आय त डबल हुँदैन,’ भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell