PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मधेश केन्द्रित दललाई सरकारमा ल्याउन सहमति छिट्टै : प्रचण्ड



पहिलोपोस्ट

मधेश केन्द्रित दललाई सरकारमा ल्याउन सहमति छिट्टै : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन्।

‘संविधान संशोधनको विषयमा मधेशमा आधारित दल र हामीबीच सहमति भइसकेको छ,’ राष्ट्रपतिद्वार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्नेबारे उहाँहरुसँग प्रधानमन्त्रीसहित छलफल भएको छ।‘

प्रचण्डले मधेशमा आधारित राजनीतिक दललाई सरकारमा ल्याउन पहल भइरहेको जानकारि दिए। ‘यस विषयमा छिटै सहमतिमा हस्ताक्ष हुनसक्छ,’ प्रचण्डले भने।

उनले सरकारको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रकै आधारमा आएको जानकारी दिए। नीति तथा कार्यक्रममार्फत् संविधान कार्यान्वयनका लागि तीनै तहमा संयोजन गर्नेगरी बजेट तयार हुनेसमेत उनले बताए। ‘बजेट नीति तथा कार्यक्रमभित्रै रहेर आउँछ,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell