PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोखरामा प्रहरीको 'स्विप अप्रेसन' : ठूलो परिणामको लागुऔषधसहित ९१ पक्राउ 



नरहरि पौड्याल

पोखरामा प्रहरीको 'स्विप अप्रेसन' : ठूलो परिणामको लागुऔषधसहित ९१ पक्राउ 

पोखराः जिल्ला प्रहरी कार्यलय कास्कीले समाजमा हुने विभिन्न अपराधिक घटना नियन्त्रण गर्न १२ बुँदे योजनाका साथ कास्कीमा स्विप अप्रेसन सञ्चालन गरेको छ। विभिन्न क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले बिषेश योजनासहित अभियान अगाडि बढाएको हो। 

यसै क्रममा प्रहरीले विभिन्न अपराधिक क्रृयाकलापमा संलग्न ९१ जनालाई पक्राउ गरेको छ भने ठूलो परिणामको लागूऔषधसहित १० जनालाई समेत पक्राउ गरेको छ। 

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थनबाट ६ किलो २ सय ५० ग्राम खैरो चरेश, डाईजापाम ५ सय ४ थान, फेनेरागन ५ सय ४ थान, नर्फिन ५ सय ४ थान, नाईट्रोसन १ सय १८ सहित १० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा १८ का २१ वर्षीय ईश्वर परियार, मकवानपुर पालुङ २ घर पोखरा बस्दै आएका ६८ वर्षीय कर्णबहादुर गोले, पोखरा ६ का ४० वर्षीय लक्ष्य परियार, नुवाकोट तार्केस्वर ३ घर भई काठमाडौं माछापोखरी बस्ने ४० वर्षीय जुठे भन्ने विष्णु परियार, सर्लाही नवलपुरका ३२ वर्षीय निरज कार्कीलाई खैरो चरेश सहित पक्राउ गरेको हो। उनीहरु छुटाछुटै ठाउँबाट फरकफरक परिमाणमको चरेशसहित पक्राउ परेका हुन्।

त्यसै गरी धादिङ निलकण्ठ नगरपालिका बडा १३ का ३७ बर्षीय सुमन भन्ने कर्ण बहादुर गुरुङ, कास्कीको माछापुच्छे गाउँपालिका भुजुङखोला बस्ने २४ बर्षीय अरविन बास्तोला, पोखरा १८ का राजेश बि.क. र पोखरा २५ हेम्जाका २९ बर्षीय सन्जिव पुर्जा मगरलाई विभिन्न लागूऔषध सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले बताए। पक्राउ परेका अधिकांश लागुऔषधका कारोवारेहरु पोखराको खहरे क्षेत्रबाट पक्राउ परेको उनले बताए।

प्रमुख रानाका अनुसार पोखरा र पोखरा भित्रीने नाकासहित विभिन्न सम्भावित ठाँउहरुमा प्रहरी परिचालन गरी अन्य संग्लग्नहरुको पनि खोजी कार्य भईरहेको बताए।

पक्राउ परेकालाई लागू औषध मुद्दामा मुद्दा चलाएको र थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख रानाले बताए। 

ठुलो मात्रामा अवैध घरेलु मदिरा बरामद 

महानगरपालिकाका विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरिएको कास्की प्रहरीले बताएको छ। वडा नं १५ र १० का विभिन्न घर तथा बस्तीहरुबाट करिब ३ सय ५० लिटर तयारी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ४ हजार २ सय ५० लिटर, तयारी घरेलु मदिरा ३ सय ५० लिटर, मदिरा बनाउन प्रयोग गरिने भाँडा ५ सेट र घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ राख्ने प्याष्टिकको भाडो ६० र ३० लिका ८८ थान बरामद गरिएको छ।

सो क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारका प्रमूख प्रहरी निरिक्षक दिपक बहादुर केसीको कमाण्डमा खटिएको प्रहरी टोलिले उक्त अवैध घरेलु मदिरा, कच्चा पदार्थ तथा घरेलु मदिरा बनाउन प्रयोग गरिने भाँडावर्तन बरामद गरेको कास्की प्रहरीका प्रमुख ओम बहादुर रानाले जानकारी दिए।

फरार अभियुक्त पक्राउ


सार्वजनिक अपराधमा संग्लन रही फरार रहेका २ जना अपराधिहरुलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार प्रतिबादीहरु पोखरा लेखनाथ महानगरपालिका बडा नम्वर २७ बस्ने बर्ष २४ का अनिल सुनार र वडा नं २७ बस्ने बर्ष २४ का सन्दिप सुनारलाई ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

अवैध यौनधन्दा संलग्न पक्राउ


कास्की प्रहरीले पोखरा ७ मा रहेको विशाल गेष्ट हाउसबाट ५ महिला र १ पुरुषलाई शनिबार पक्राउ गरेको छ। उनीहरुले अवैध यौनधन्दा सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ। कास्की प्रहरीको स्वीप अप्रेसनका बेला उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।

९१ ब्यक्ति,७ ट्याक्सी र मोडीफाइड बाइक

स्वीप अप्रेसनकै क्रममा प्रहरीले विभिन्न अराधिक क्रृयाकलापमा संलग्न ९१ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। मिटरमा जान नमान्ने ७ ट्याक्सी  र ७  मोडीफाइड  गरिएको बाइक नियन्त्रणमा लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell