PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

धर्म परिवर्तनविरुद्ध चर्को नारावाजी



पहिलोपोस्ट

धर्म परिवर्तनविरुद्ध चर्को नारावाजी

सुर्खेत : हिन्दु राष्ट्रको माग गर्दै सुर्खेत र्‍याली निकालिएको छ। हिन्दु जागरण नेपालको आयोजनामा शान्तिपूर्ण दवाव दिने भन्दै र्‍याली र कोणसभा आयोजना गरिएको हो।

देशमा धर्म परिवर्तन विरुद्धको महाअभियान सहित तत्काल धर्म परिवर्तनकारीलाई कारवाहीको माग गर्दै नारा जुलुस गरिएको हो।
 
र्‍यालीमा “हिन्दु राष्ट्र कायम गर, सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद, धर्म निरपेक्ष खारेज गर, विदेशी धर्म चाहिँदैन, धर्म परिवर्तन गर्न पाइँदैन, धर्म परिवर्तनरीलाई कारबाही गर जस्ता नाराहरु लगाइएको थियो।

कोणसभा बोल्दै हिन्दु राष्ट्र अभियान्ता ईश्वर कुमार श्रेष्ठले देशको संविधानमा धर्म निरपेक्ष लेखेर देशका दलाल नेताहरु डलरमा बिकेको आरोप लगाए। देशमा धार्मिक अराजकता फैलाएर धार्मिक युद्धतिर धकल्न खोजेको उनले बताए।

‘देशमा धर्म निरपेक्ष लेखेर देशका दलालले डलरमा बिक्री गर्न लागे,’ उनले भने, ‘अब देशमा धार्मिक अराजकता फैलाएर नेपाली-नेपाली बीचमा लडाउँदै छ सरकार।’

अहिले देशमा भइरहेको धर्म परिवर्तनमा सरकारको साथ रहेको र त्यसविरुद्ध हिन्दु धर्मावलम्बी जागरुक हुन समेत अनुरोध गरे।

त्यस्तै, कार्यक्रममा हिन्दु जागरण नेपाल पश्चिमाञ्चल विभाग प्रमुख अन्जु बस्याल, केन्द्रीय अध्यक्ष गुरु रामकृष्ण उपाध्याय लगायतले आफ्ना भनाइहरु राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell