PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गैर कानुनी रुपमा बालुवा उत्खनन रोक्न निर्देशन गृहमन्त्रीको निर्देशन



गैर कानुनी रुपमा बालुवा उत्खनन रोक्न निर्देशन गृहमन्त्रीको निर्देशन

भक्तपुर :  गृहमन्त्री रामबहादुर थापाले देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका छन्। 

भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै थापाले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए। अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने थापाको भनाइ थियो। 

देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए। भ्रष्टाचारी र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने थापाको भनाइ थियो। 

थापाले जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गरे। 

बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएको भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको तर्क थापाको थियो। भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उनले भक्तपुरको प्रहरी प्रशासनलाई निर्देशन दिए। 

त्यसैगरी जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell