PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३३ किलो सुनकाण्ड : विशेष अनुसन्धान टोलीको म्याद थपियो



३३ किलो सुनकाण्ड : विशेष अनुसन्धान टोलीको म्याद थपियो

काठमाडौँ : सरकारले ३३ किलो सुनकान्डबारे अनुसन्धान गर्न गठन गरेको विशेष अनुसन्धान टोलीको म्याद थपेको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले टोलीको म्याद जेठ मसान्तसम्म थपेको मन्त्रिपरिषद्का प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। समितिमा एसपी वसन्त लामा समेत रहेका छन्। 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सुन प्रकरणमा अनुसन्धानको लागि राजनीतिक नेता, सुन व्यापारी, विमानका कर्मचारीदेखि पूर्व डिआइजी र बहालवाल एसपीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। 

हाल अदालतमा मुद्दा चलिरहे पनि टोलीले आफ्नो अनुसन्धान जारी राखेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell