PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमाले-माओवादी एकतामा 'राजपा मोडल' : राजपा वैठकमा व्यङ्ग्य



पहिलोपोस्ट

एमाले-माओवादी एकतामा 'राजपा मोडल' : राजपा वैठकमा व्यङ्ग्य

काठमाडौं : लामो समयदेखि बस्न नसकेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक आजका लागि तोकिए पनि अध्यक्ष मण्डलका सबै सहभागी हुन सकेनन्। 

अध्यक्ष मण्डलका ६ जना मध्ये चार जनामात्र आजको बैठकमा सहभागी भए। यसअघि शुक्रबार बैठक बस्ने भनिए पनि सबै नेताहरु सहभागी भएका थिएनन्।

आज राजपा अध्यक्ष मण्डलका संयोजकसहित चार जना सदस्यहरु बैठकमा उपस्थित थिए, संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा।

पार्टी महाधिवेशन, संसदीय दलको नेता चयन, प्रदेश २ मा राज्यमन्त्री सिफारिस लगायतका विषयमा छलफल गर्न बसेको बैठकले मुख्य विषयमा प्रवेश नै गर्न सकेन।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीको गठनको विषयमा छलफल भएको थियो। स्रोतका अनुसार अध्यक्ष मण्डलका केही नेताले कम्युनिष्ट पार्टी गठन हुनु ठीक रहेको विश्लेषण सुनाएका थिए भने केहीले चुनौती बढेको तर्क गरेका थिए। 

आफूहरुले बनाएको अध्यक्ष मण्डलको मोडल एमाले माओवादीले पनि अंगिकार गरेको भन्दै नेताहरुबीचमा हाँसो पनि उठेको थियो।

एमाले–माओवादीको एकता जस्तै राजपा र फोरम नेपालको पनि एकता प्रक्रियामा ध्यान दिनु पर्ने कुरा भण्डारीले उठाएका थिए।
आजको बैठकमा मोदीको भ्रमणको समीक्षा पनि भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमण सकारात्मक भएको टिप्पणी नेताहरुले गरेका थिए।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव नेपाल बाहिर र महेन्द्र प्रसाद यादव विरामी रहेकाले बैठकमा सहभागी हुन सकेनन्।

राजपा अध्यक्ष मण्डलको अर्को बैठक सोमबार पुनः बस्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell