PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आइपीएल : सन्दीपले लिए पहिलो ओभरमै विकेट



पहिलोपोस्ट

आइपीएल : सन्दीपले लिए पहिलो ओभरमै विकेट

आइपीएल अन्तर्गत दिल्ली र मुम्बईबीचको खेलको पहिलो ओभरमै नेपाली युवा लेगस्पीनर सन्दीप लिमछानेले विकेट लिएका छन्।

दिल्लीको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले सुरुको ३ बलमा १२ रन खर्चेपनि चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याच आउट गराएका हुन्।


सन्दीपले पहिलो ओभरमा १३ रन खर्चेर १ विकेट लिएका हुन्। मुम्बईका सूर्यकुमारले सन्दीपलाई पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा सूर्यकुमारले २ रन लिएका थिए।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा १७४ रन बनाएको थियो। 

सन्दीपले यसअघि बैंगलोर र चेन्नाई विरुद्ध पिन १-१ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell