PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दरबार हत्याकान्डको दिनै राजतन्त्र सकिएको हो, आँट नभएर माइला सरकार आएको : प्रम ओली



दरबार हत्याकान्डको दिनै राजतन्त्र सकिएको हो, आँट नभएर माइला सरकार आएको : प्रम ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्म ओलीले राजतन्त्र २०५८ जेठ १९ गते नै सकिसकेको बताएका छन्। 

गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै दरबार हत्याकान्ड भएको दिन नै राजतन्त्र सकिसकेको दावी गरेका हुन्। 

‘राजतन्त्र जो थियो, त्यो पनि २०५८ साल जेठ १९ गते समाप्त भयो। सिद्धिन त जेठ १९ गते नै सिद्धिएको हो। त्यतिखेर सरकारले घोषणा गर्न नसकेर, आँट नगरेर कहिले माइला सरकार खोज्या छ कहिले यता खोज्या छ…तमाशा गरेर मात्रै हो’, उनले भने। 

माओवादी केन्द्रसँग एकता गरेर नेपाल कम्यु।निस्ट पार्टी गठन गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीकै बोली बोलेका हुन्। 

जेठ १९ को हत्याकान्डपछि तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले जेठ १९ को दरबार हत्याकान्डलाई कोतपर्वको संज्ञा दिँदै गणतन्त्र घोषणा गर्न आह्वान गरेका थिए। 

त्यतिबेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने प्रमुख प्रतिपक्षी नेताका रुपमा एमालेका महासचिव माधवकुमार नेपाल राजा ज्ञानेन्द्रको गद्दी आरोहण समारोहमा दाम राख्न पुगेका थिए। 

‘अलिकति जिउँदो सरकार भएको भए त्यतिबेलै (गणतन्त्र) घोषणा गरिदिन्थ्यो’, उनले भने, ‘सिध्याएकै हो नि, हामीले होइन, षड्यन्त्रले।‘
उनले कसको षड्यन्त्र भन्ने चाहिँ खुलाएनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell