PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अनुमति नलिई सामाजिक सञ्जाल चलाउन नदिन एमाले सांसदको माग



अनुमति नलिई सामाजिक सञ्जाल चलाउन नदिन एमाले सांसदको माग

काठमाडौं : सत्तारुढ एमालेका एक सांसदले सरकारी कर्मचारीहरुलाई अनुमति नलिई सामाजिक सञ्जाल चलाउन नदिन माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै एमालेका सांसद झपटबहादुर रावलले नेपाल सरकारका कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग गर्दा सेवाग्राही मर्कामा पर्ने गरेकोले त्यस्ता सञ्जाललाई नियन्त्रण गर्न माग गरेका हुन्।

‘नेपाल सरकारका कर्मचारीहरुले अनुमति बेगर समाजिक सञ्जालहरु चलाएको पाएँ। सेवाग्राहीहरु लाइनमा बसिरहँदा पनि बेवास्ता गरेर नेपाल सरकारका केही कर्मचारीहरु कार्यालयमा सामाजिक सञ्जाल चलाएको मैले प्रत्यक्ष आफूले भोगेको छु,’ रावलले भने,‘त्यसो भएकोले अफिस समयमा सामाजिक सञ्जाललाई नियन्त्रण गरियोस्। र, अनुमति बेगर यसलाई सञ्चालन गर्न नदियोस् भन्ने कुरा पनि माग गर्न चाहन्छु।’

सांसद रावलले एनजीओ र आइएनजीओहरुले समाजिक सद्भाव खलबल्याउन खोजेको आरोप लगाउँदै अनुगमन र नियमन गर्न माग गरे।
‘एनजीओ आइएनजीले हाम्रो समाजको सद्भावलाई खल्बलाई रहेको छ। राज्यको नियन्त्रणभन्दा बाहिर गएर परिचालित भएको छ,’ रावलले भने,‘सामाजिक सद्भाव मात्र होइन, आर्थिक अनुशासन र अराजकता निम्त्याइरहेको छ। यसलाई तत्काल नेपाल सरकारले नियमन गरोस्। यसको अनुगमन र नियमन गरियोस्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell