PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


उत्तर कोरियाले रद्द गर्‍यो दक्षिणसँगको वार्ता


पहिलोपोस्ट

उत्तर कोरियाले रद्द गर्‍यो दक्षिणसँगको वार्ता

सोलः उत्तर कोरियाले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको छ। अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासबाट आक्रोशित हुँदै उत्तर कोरियाले वार्ता रद्द गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरुलाई उदृद गर्दै बीबीसीले जनाएको छ।

आजका लागि तय भएको वार्तामा उत्तर कोरिया सहभागि नहुने भएको हो। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले उक्त सैन्य अभ्यासलाई उक्साहटपूर्ण र अतिक्रमणको पूर्व तयारी भनेको छ। 

उत्तरको यस कदमले जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तय भएको शिखर बैठकलाई प्रभाव पार्ने देखिएको छ। उत्तरले उक्त बैठकको भविष्यबारे सचेत रहन अमेरिकालाई चेतावनी पनि दिएको छ।  

ट्रम्पले उत्तर कोरियाली नेताले वार्ताका लागि राखेको प्रस्ताव स्वीकार्दै  उक्त बैठकलाई विश्व शान्तिको एउटा विशेष क्षण बनाउन प्रयत्न गर्ने बताएका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पे उत्तर कोरिया नै पुगेर नेता किमसँग उक्त बैठकको पूर्व तयारी गरेका थिए। 

उत्तरले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गर्ने आफ्नो धारण परिवर्तन नहुने बताएको छ। अमेरिकाले भने किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तय भएको एतिहासिक शिखर बैठकको तयारी जारी राख्ने बताएको छ। 

उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीचको एेतिहासिक वार्तापछि मे १६ मा (आज) बैठक गर्ने सहमति भएको थियो। यस बैठकले किम र मनुबीच भएको सम्झौतालाई विस्तृत छलफल गरी सन् १९५३ मा टुङगिएको कोरियाली युद्धविरामलाई औपचारिक अन्त्य गर्ने सहमति भएको थियो।



उत्तर कोरियाले रद्द गर्‍यो दक्षिणसँगको वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट