PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गगन थापालाई प्रमको जवाफ : 'घुँडामा भ्वाङ पर्नलाई मैले यसपाला संविधान संशोधन गर्न सकिनँ हजुर, माफ पाउँ भन्या छ र !'



गगन थापालाई प्रमको जवाफ : 'घुँडामा भ्वाङ पर्नलाई मैले यसपाला संविधान संशोधन गर्न सकिनँ हजुर, माफ पाउँ भन्या छ र !'

काठमाडौँ : आफूलाई महालम्पसारवादी भन्दै हिजो संसदमा प्रमुख प्रतिपक्षले गरेको तीखो आलोचनाको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिएका छन्। 

युवा संघ, नेपालको २८ औैं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो कांग्रेस सांसद गगन थापाले घुँडामा भ्वाङ पर्‍यो कि भनी सोधेको प्रश्नको जवाफ यसरी दिए, मैले यसपाला संविधान संशोधन गर्न सकिनँ हजुर, माफ पाउँ भन्या छ र घुँडामा भ्वाङ पर्नलाई?'

यसो भनिरहँदा उनले दुई हात जोडेर टाउको झुकाएर विनित मुद्रामा भएको अभिनय समेत गरेका थिए। 

उनले भारतमा वा अहिले जारी गरिएको संयुक्त विज्ञप्तिमा कतै आन्तरिक मामिलामा हात हाल्न दिएको छ भनी प्रश्नसमेत गरे। 

विपक्षीको मानसिकतामा नै विरोध भएको बताउँदै प्रम ओलीले प्रष्ट्याए, भ्रम नहोस्, कतिपयलाई के लागेको हुँदो हो भने राष्ट्रवादका नाममा हामी भारतको विरोधमा उफ्री रहन्छौँ। भारतको विरोधमा उफ्रने हाम्रो काम हैन, नेपालको हितको रक्षा गर्ने हाम्रो काम हो। 

प्रधानमन्त्री ओलीले दुई दिनको मिति राखेर पार्टी एकता हुने पनि स्पष्ट पारे। उनले दुई पार्टीबीच फाटो आएको भनेर खेल्ने, बोल्नेहरुलाई पनि जवाफ दिने गरी तत्काल पार्टी एकता गर्न लागिएको बताए।

प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि भोलि हुने वालुवाटार वार्तामा आउन पनि संचारकर्मीहरुलाई आग्रह गरे। उनले पार्टी एकता हुन नदिनेहरुलाई सहने क्षमता वृद्धि गर्न मात्रै दुई पार्टीबीचको एकतामा ढिलाई गरिएको पनि दावी गरे।

हेर्नुस् भिडियो-


  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell