PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अनुशासित लोकतन्त्र आवश्यक : प्रधानमन्त्री ओली 



पहिलोपोस्ट

अनुशासित लोकतन्त्र आवश्यक : प्रधानमन्त्री ओली 

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेको बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताए, भने “अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्क हुन्छ।”

प्रधानमन्त्री ओलीले तीन तहका सरकार र राजनीतिक संरचना तयार गरे पनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताए। 

ओलीले समितीले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यान दिइने वचन दिए। प्रतिवेदन बुझाउन उच्च स्तरीय निर्देशक समितिका सदस्य राजेन्द्र पाण्डे कार्यान्वयन सहजीकरण समितिका संयोजक काशीराज दाहाल, सदस्यहरु,मधुरमण आचार्य,माधव प्रसाद रेग्मी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालगायत सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell