PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अभिनन्दन पत्र कि मागपत्र : मोदीसँग काठमाडौंका मेयरले मागे सहयोग

अभिनन्दन पत्र कि मागपत्र : मोदीसँग काठमाडौंका मेयरले मागे सहयोग


काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि सहयोग मागेका छन्।

प्रधानमन्त्री मोदीलाई चढाएको अभिनन्दन पत्रलाई नै उनले काठमाडौंको विकासमा सहयोगको लागि ‘मागपत्र’को रुपमा उपयोग गरेका हुन्
त्यसअघि उनले काठमाडौंमा सुरु हुने योजनाहरुका बारे मोदीलाई जानकारी गराएका थिए।

मेयर शाक्यले मोनोरेलको कार्यलाई प्राथमिकता दिई अगाडि बढाइएको जानकारी मोदीलाई गराएका थिए। काठमाडौंको सडक विस्तार तथा आधुनिकीकरण र पूर्व पश्चिम रेलमार्गमा काठमाडौं महानगरपालिकालाई जोड्ने कार्यको अध्ययन भइरहेको जानकारी गराएका थिए। 
सूचना प्रविधिमा आधारित भई जीवन्त सहर निर्माण गर्न लागि परेको उनको भनाई थियो। 

‘आगामी योजनामा भारतको सद्भाव र सहयोगको महत्वपूर्ण भूमिका रहनेछ,’ अभिनन्दन पत्रमा लेखिएको वाक्य पढ्दै शाक्यले भने, ‘एक अर्काको सहयोग र विकासबाट दुबै राष्ट्रले लाभ लिन सक्नेमा हामी विश्वस्त छौं।’

मोदीलाई बुझाइएको अभिनन्दन पत्रमा घुमाउरो भाषामा अन्तमा लेखिएको छ, ‘आपसी सम्बन्ध र हितका अनेकन क्षेत्रमा सहयोग र सद्भाव र सहकार्यको मार्ग प्रशस्त होस् भन्ने कामनाका साथ महामहिम प्रधानमन्त्री ज्यू समक्ष काठमाडौं महानगरवासीका तर्फबाट यो अभिनन्दन पत्र आदरपूर्वक चढाउँछौं।’
 


ट्रेन्डिङ पोस्ट

Ncell