PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

मोदीको अभिनन्दनमा मुख्यमन्त्री राउतले भने : विभेदकारी छ संविधान



पहिलोपोस्ट

मोदीको अभिनन्दनमा मुख्यमन्त्री राउतले भने : विभेदकारी छ संविधान

जनकपुरधाम : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध बोलेका छन्।

राज्यको विभेदका कारण मधेश पिछडिएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘राज्यद्वारा मधेशीप्रति गरिएको पूर्वाग्रह एवं विद्वेकषपूर्ण मानसिकताका कारण मधेशका जनता तुलनात्मक रुपमा अत्याधिक गरीब, बेरोजगार, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जिउन बाध्य छन्।’

मधेश विकासको हिसाबले निकै पछाडि परेको भन्दै विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि संघर्ष जारी रहेको बताए।

‘हामी नेपालको अभिन्न अंग भए पनि तपाईँ जस्तै सामान्य परिवारका मान्छे पनि सर्वोच्च पदमा पुग्ने कार्यको सुरुवात होस्,' राउतले भनेका छन्।

कार्यक्रममा प्रदेश दुईका नदीहरुबाट भारतको बिहारमा पनि क्षति हुने गरेको बताउँदै त्यसको स्थायी समाधान खोज्न आग्रह गरेका छन्। उनले चुरे संरक्षणका लागि पनि आग्रह गरेका छन्।

राउतले प्रदेश २ को विकासमा सहयोगी बन्न भारतीय प्रधानमन्त्रीसँग आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell