PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदैः जनकपुरमा अभिनन्दन, काठमाडौँमा राजनीतिक भेटवार्ता



पहिलोपोस्ट

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदैः जनकपुरमा अभिनन्दन, काठमाडौँमा राजनीतिक भेटवार्ता
फाइल फोटो

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदैछन्। प्रधानमन्त्री मोदी पटनाबाट प्रदेश २ को अस्थायी मुकाम जनकपुर आउनेछन्।  काठमाडौँ बाहिरबाट भ्रमणको सुरुवात गरेका मोदी भारतीय वायुसेनाको विशेष विमानबाट बिहान १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको छ।

जनकपुरमा मोदीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि शुक्रबार बिहान नै जनकपुर जाने कार्यक्रम छ। 

आफ्नो कार्यकालमा तेस्रोपटक मोदी नेपाल आउन लागेका हुन्। 

जनकपुरमा मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नेछन्। यस्तै, रामायण सर्किटको उद्घाटन, जनपुर अयोध्या सिधा बस सेवाको उद्घाटन पनि मोदीले गर्नेछन्। मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन पनि गर्दैछ। 

जनकपुरका कार्यक्रम सकेपछि मोदी काठमाडौँ आउनेछन्। काठमाडौँमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीको स्वागत गर्नेछन्। 

काठमाडौँ आएपछि अपराह्न ४ बजे टुँडिखेलमा मोदाीलाई गार्ड अफ अनर दिइनेछ। त्यसलगत्तै मोदी राजनीतिक भेटघाटमा सक्रिय हुनेछन्। 
मोदीले शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्। दुबैसँग उनीहरूकै कार्यालयमा भेट हुनेछ। यस्तै, प्रधानमन्त्री केपी ओलीसँग भेट होटल द्वारिकाजमा भेटवार्ता हुनेछ। 

ओलीसँगको भेटपछि मोदीले पूर्वप्रधानमन्त्रीहरुसँग भेट गर्नेछन्। त्यस गलतै अरुण तेस्रो आयोजनाको शिलान्यास हुनेछ। 

शुक्रबार राति प्रधानमन्त्री ओलीले द्वारिकाजमै मोदीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। शनिबार बिहान ६ बजे मुक्तिनाथको दर्शनमा जाने मोदीको कार्यतालिका छ। 

काठमाडौँ फर्किएपछि मोदीलाई काठमाडौँ महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम छ। अभिनन्दनपछि अपराह्न ४ बजे मोदी स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell