PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एक महिनाको अन्तरमा चीनका सी र उत्तर कोरियाका कीमबीच दोस्रो भेटवार्ता



पहिलोपोस्ट

एक महिनाको अन्तरमा चीनका सी र उत्तर कोरियाका कीमबीच दोस्रो भेटवार्ता

बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिङपिङ र कोरियाली वर्कर्स पार्टीका अध्यक्ष तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच भेटवार्ता भएको छ। 

चीनको उत्तरपूर्वी प्रान्त लियानीङको दलियनमा दुई नेताबीच सोमबार र मंगलबार भेटवार्ता भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। 


भेटवार्ताका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य वाङ हुनिन समेत सहभागी थिए। 

सीले किमको सम्मानमा बैंक्वेटको आयोजना गरेका थिए। भेटवार्तासँगै उनीहरुले स्थानीय स्मारक हेर्न पुगेका थिए भने साथैँ भोजनमा समेत सरिक भएका थिए। 

भेटवार्ताका क्रममा दुई देश तथा दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो। त्यस्तै दुवै नेता दुई देशबीचको साझा सरोकारका विषयमा समेत छलफल भएको बताइएको छ। 

सन् २०११ मा उत्तर कोरियाको नेतृत्वमा आएका किमको यो दोस्रो विदेश भ्रमण भएको बताइएको छ। यस अगाडि उनको पहिलो विदेश भ्रमण पनि गत महिना बेइजिङमा नै भएको थियो। 

त्यस्तै गत अप्रिलको अन्त्यमा उनी कोरियाली प्रयाद्वीपमै उत्तर कोरियाली भूमि बाहिर निस्किएका थिए। दक्षिण कोरियासँगको शिखर सम्मेलनमा सहभागी हुन् उनी दक्षिण कोरिया पुगेका थिए। त्यसलाई उनीहरुले विदेश भ्रमणका रुपमा रेकर्ड गरेका छैनन्। 

उनको निजी विमान एयर फोर्स उन र एयर कोरियो कार्गो विमान दलिनमा मंगलबार देखिएको दृश्य जापानी टेलिभिजन एनएचकेले प्रसारण गरेको छ। यस भ्रमणबारे दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले पूर्वजानकारी रहेको जनाएको छ। दुई नेताले दालियनमा दुई दिन र एक साँझ बिताएका थिए। 

किम उत्तर कोरिया फर्किइसकेको एनके न्यूजले जनाएको छ।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell