PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीको ट्विटले झस्किए प्रचण्ड



पहिलोपोस्ट

ओलीको ट्विटले झस्किए प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ट्विटले निक्कै चर्चा पायो। आज दोस्रो दिन जारी संसदीय दलको बैठकमा सांसदहरुले ओलीले गरेको ट्विटलाई लिएर पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न तेर्साए। प्रश्नहरुको सामना गर्दै पार्टी प्रचण्डले जवाफ दिए - ‘ओलीजीले त्यस्तो ट्विट किन गर्नुभयो सोध्छु।’

सोमबार मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भनेका थिए - 'हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं। आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ।'

ओलीको ट्विटमा 'समीकरण फेरबदल'मा कसको रुची सांकेतिकरुपमा मात्र आएको छ। नेपाली संसदीय राजनीतिमा सत्ता समिकरण फेरबदलमा केही नेताहरु सबैभन्दा चर्चित छन् - पुष्पकमल दाहाल, कमल थापा, विजय गच्छदार। 

पार्टी एकताको माथापच्ची चलिरहेको अवस्थामा ओलीले ट्विटमा इंगित गर्न खोजेको व्यक्ति कमल थापा र विजय गच्छदार पक्कै होइनन्। त्यसैले सोझै औला प्रचण्डतिर तेर्सिनु स्वभाविक रह्यो। 

त्यसैले बैठकमा ओलीको ट्वीटले पार्टी एकतामा असर गर्ने बताउँदै सांसदहरुले आक्रोशित रुपमा प्रस्तुत भएका थिए। 

बैठकमा ट्वीट बारे प्रश्न उठाउँदै सांसदहरुले एमालेले पार्टी एकता नगर्न चाहेको संदेश दिन खोजेको दावीसमेत गरेका थिए।
प्रत्युत्तरमा प्रचण्डले ओलीको ट्विटले आफू पनि चिन्तित रहेको बताएका थिए। 

‘प्रधानमन्त्रीज्यूको ट्वीट कसरी र किन आयो? म आजै सोध्छु,’ प्रचण्डलाई उद्धृत गर्दै एक सांसदले भने, ‘यो ट्वीटका विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell