PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पूर्व राजा ज्ञानेन्द्र निकट 'धर्मगुरु' श्रीनिवासमाथि गोली उनकै योजनामा 



पहिलोपोस्ट

पूर्व राजा ज्ञानेन्द्र निकट 'धर्मगुरु' श्रीनिवासमाथि गोली उनकै योजनामा 

काठमाडौं : धर्मगूरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। आफ्नै योजनामा गोली हान्न लगाएर त्रास फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। 

धर्मगुरु श्रीनिवास आफैले गोली हान्न लगाएको खुलेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए।

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। शरीरमा दुई गोली लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भएको थियो।

२६ वर्षीय युवा धर्मगुरु सिमरा पानी ट्याङ्की भन्ने स्थानमा घर भएका श्रीनिवासलाई भेट्न केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसमेत पुगेका थिए।

श्रीनिवाससँगै अन्य दुई जनालाई पनि प्रहरीले हतियार सहित समातेको छ। समातिएका दुईले उनकै योजनामा गोली प्रहार गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell