PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोदी आउँदै गर्दा समीकरण बदलिने संकेतले झस्किए ओली!



पहिलोपोस्ट

मोदी आउँदै गर्दा समीकरण बदलिने संकेतले झस्किए ओली!

काठमाडौं: एकातिर नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ। पार्टी एकतामा सहमतिको अन्तिम विन्दुमा पुगेको बताइएको छ। प्रधानमन्त्री ओली काँध फेर्न तयार भएका छन्। 

अर्कोतिर प्रचण्डले वृहत ध्रुबीकरणको चर्चा गर्न थालेका छन्। त्यतिमात्र होइन नेपाली कांग्रेसका नेताहरुले सरकार ढाल्ने सम्मको चेतावनी दिएका छन्।  

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्ने तयारीमा छन्। यस्तोमा प्रधानमन्त्री ओलीलाई समीकरण फेरवदलको हुन सक्ने संकेतले झस्काएको छ। यद्यपि उनले यस विषयमा स्पष्ट भने केही खुलाएका छैनन्। 

उनले सोमबार मध्यान्न ट्वीट गर्दै भनेका छन्, 'हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।' ट्वीटमा समीकरण फेरबदलमा कसको रुची हो भन्नेबारे भने खुलाइएको छैनन्। 

अघिल्लो पटक प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग मिलेर ओली सरकार ढालेका थिए। प्रधानमन्त्री हुँदा भएको जेन्टलमेन एग्रिमेन्ट नमानेको भन्दै कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री भएका थिए। 
 

ओलीले त्यतिवेला प्रचण्ड सरकार भारतको इसारामा बनेको लम्पसारवादी सरकार भएको आरोप लगाएका थिए। यता भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदै गर्दा सार्वभौमसत्ताको कुरा पनि ओलीले उठाएका छन्।

उनले अगाडि लेखेका छन्, 'लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ। सार्वभौमसत्ता जनतामा थियो र छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell