PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एन्फा अध्यक्षमा कांग्रेसका शेर्पा : कर्माछिरिङको प्यानल नै निर्वाचित

एन्फा अध्यक्षमा कांग्रेसका शेर्पा : कर्माछिरिङको प्यानल नै निर्वाचित

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्। शेर्पाले ६३ मत पाए। ७७ मतदातामा ७६ जनाले मात्र मतदान गरे। शेर्पा कांग्रेस समर्थित हुन्।

यसैगरी उपाध्यक्ष र ११ जना सदस्यमा शेर्पा प्यानलकै विजयी भएका छन्। उपाध्यक्षमा पंकज विक्रम नेम्बाङ ६१ मतसहित, वीरबहादुर खड्का २९ मतसहित, कृष्णबहादुर थापा ५२ मतसहित र उपेन्द्रमान सिंह ५८ मतसहित विजयी भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको थियो।

सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह रठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्न बहादुर श्रेष्ठ विजयी भए। २९ जनाले यसमा उम्मेदवारी दिएका थिए।

नयाँ कार्यसमितिले अब महासचिव र कोषाध्यक्षको मनोनित गर्नेछ।

अध्यक्ष पदका लागि दुई प्यालनसहित चुनावी मैदानमा रहेकामा अध्यक्षका प्रत्यासी मणि कुँवरले एकदिन अघि मात्र मैदान छाडेपछि शेर्पा अध्यक्षका एक्ला दाबेदार बनेका थिए। एन्फा इतिहासमा पहिलोपटक कार्यसमिति चयन निर्वाचनबाट भएको हो। निर्वाचनमा फिफा प्रतिनिधि सहभागी थिए।

अध्यक्षमा निर्वाचित भएपछि कर्मा शेर्पाले यसअघि आफूले उठाएका फुटबलका मुद्दामा काम गर्ने र लिगको मिति चाँडै तोक्ने बताए।
 

एन्फा निर्वाचित कार्यसमिति मतसहित

अध्यक्ष  : कर्मा छिरिङ शेर्पा ६३

उपाध्यक्ष : पंकज विक्रम नेम्वाङ ६१

विर बहादुर खड्का ३९

कृष्ण बहादुर थापा ५२

उपेन्द्र मान सिंह ५८

 

सदस्य : दावा लामा ५६

निरोज खड्गी ५२

पूर्णमान चित्रकार ५५

रविन्द्रमान श्रेष्ठ ४२

मधुसुदन उपाध्याय ४८

प्रदेशसिंह राठौर ४८

दिनेश व्यन्जनकार ५५

दिर्घबहादुर केसी (कुमार) ५५

किरण राई ५०

विजय घले ५३

रत्न कुमार श्रेष्ठ ४८

महिला सदस्य : पेमा शेर्पा (निर्विरोध निर्वाचित) 


ट्रेन्डिङ पोस्ट

Ncell