PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

असन्तुष्ट पक्षलाई मिलाएर लैजान्छु : विमलेन्द्र निधि



पहिलोपोस्ट

असन्तुष्ट पक्षलाई मिलाएर लैजान्छु : विमलेन्द्र निधि

काठमाडौं : पार्टीको उप सभापतिमा मनोनित भएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र रहेका असन्तुष्ट पक्षहरुलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन्।

नेपाली कांग्रेसको आज बसेको निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठकबाट उप सभापतिमा निधि मनोनित भएका हुन्। आजको बैठकबाट महामन्त्रीमा पूर्णबहादुर खड्का र सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत पनि मनोनित भए।

मनोनित भएपछि संचारकर्मीहरुसँग कुरा गर्दै निधिले भने, 'पार्टी सभापतिको निर्देशनअनुसार म असन्तुष्ट सबैलाई मिलाउन सक्रिय हुनेछु।' उनले मनोनयन गरेकोमा पार्टी सभापति देउवालाई धन्यवादसमेत दिए। 

'कम्युनिष्ट सरकारले जनतालाई आतंकित बनाउने वातावरण तयार गरेको छ,' उप-सभापति निधिले भने, 'त्यसको विरुद्धमा लाग्नेछु।' पार्टी सभापति देउवाको निर्देशनअनुसार पार्टीलाई बलियो बनाउने जिम्मेवारी आएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell