PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चार दिनपछि पार्टी एकता : प्रचण्ड



पहिलोपोस्ट

चार दिनपछि पार्टी एकता : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्ल मार्क्सको द्वीशतवार्षिकीमा पार्टी एकताको घोषणा हुने बताएका छन्।

श्रमिक दिवशका अवसरमा आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रचण्डले एक/दुई दिनभित्रै एकताको प्रकृयाले टुंगो पाउने बताए। उनले संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने घोषणा हुने बताए। 

मार्क्स जयन्ती मे ५ अर्थात् वैशाख २२ गते हो।

संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको जनाउँदै त्यसलाई सामान्य कुरा नभएको बताए। यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell