PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सञ्चिताको जन्मदिन सेलिब्रेसन, देखिएनन् निखिल



पहिलोपोस्ट

सञ्चिताको जन्मदिन सेलिब्रेसन, देखिएनन् निखिल

काठमाडौं: अभिनेत्री सञ्चिता लुर्इंटेलको आज जन्मदिन हो। उनले केक काटेर जन्मदिन मनाएकी छिन्। दुर्इ सन्तानकी आमा उनलाई जन्मोत्सवमा साथ दिए छोरा आर्थव र छोरी सान्वीले। पारिवारिक वातावरणमा भएको सेलिब्रेसनमा पति निखिल उप्रेती भने देखिएनन्।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएका फोटोहरुमा निखिल देखिएका छैनन्। पोस्ट गरिएका तस्विरमा आर्थव र सान्वीले आमालार्इ दिएको उपहार पनि छ। ड्रइङ उपहार।


छोराछोरीले ड्र्इङमा कतै तीन त कतै दुर्इ पात्र मात्र बनाएका छन्। अर्थात सञ्चिता, आर्थव र सान्वी मात्र। निखिल अप्रिल २९ मा लुम्बिनीमा थिए। त्यसैले तस्विरमा नदेखिनु स्वभाविक हो। तर उनी तस्विरमा मात्र होइन छोराछोरीले बनाएको चित्रमा पनि अटाएनन्। 

फोटोहरु: संचिता लुईंटेलको फेसबुक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell