PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उत्तर कोरियाले आणविक केन्द्र बन्द गर्दै : अमेरिकी अधिकारीलाई प्योङयाङको निम्तो  



पहिलोपोस्ट

उत्तर कोरियाले आणविक केन्द्र बन्द गर्दै : अमेरिकी अधिकारीलाई प्योङयाङको निम्तो  

सोलः उत्तर कोरियाले मे महिनाभित्र आफ्नो आणविक परीक्षण केन्द्र बन्द गर्ने भएको छ। उसले आणविक केन्द्र बन्द गर्ने कामलाई पारदर्शी बनाउन  दक्षिण कोरिया र अमेरिकाका विज्ञ तथा पत्रकारलाई आफ्नो देशमा निम्तो दिने दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ।
 
सीएननका अनुसार पछिल्लो समय उत्तर र दक्षिणबीच भएको सहमति अनुसार उत्तरले सो कदम अगाडि बढाएको हो। उत्तर कोरियाका नेता किम जोङ उन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी चार हप्ताको अन्तरालमा वार्ता हुँदै छ। 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनका वरिष्ठ प्रवक्ताका अनुसार उत्तर र दक्षिणबीच भएको अन्तरकोरियाली सम्मेलनका क्रममा किमले यस्तो घोषणा गरेको जनाएका हुन्। 

यसैबीच शिखर सम्मेलनपछि दक्षिण कोरियाका राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्ताका क्रममा राष्ट्रपति मुनले सम्मेलन सफल भएको भन्दै सम्मेलनका लागि अमेरिकाको सहयोगको लागि धन्यवाद दिएका थिए। 

त्यस्तै मुन र ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आवेसँग समेत छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell