PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वुहानमा सी - मोदीको मर्निङ ‘वाक’: बाटैमा बहुपक्षीय विषयमा वार्ता, फोटोमा हेर्नुस्

वुहानमा सी - मोदीको मर्निङ ‘वाक’: बाटैमा बहुपक्षीय विषयमा वार्ता, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाका विषयमा छलफल भएको छ।

शनिवार मध्ये चीनको वुहानको ‘वेस्ट लेक’ किनारमा भएको चिया खाजासहितको भेटका क्रममा यस विषयमा छलफल भएको हो। 

शुक्रवारदेखि सुरु दुई दिने सम्मेलनका क्रममा दुई नेता शनिवार बिहान वुहानमा रहेको इष्ट ताल किनारमा हिँड्दै चियाको चुस्कासँगै भेटवार्ता गरेका थिए। भारतीय प्रधानमन्त्री भएसँगै मोदीको चौथो चीन भ्रमण हो। 

भेटवार्ताका क्रममा चीन र भारतबीचको साझेदारीले विश्वमा प्रभाव पार्न सक्ने चिनियाँ राष्ट्रपति सीले बताएको चाइना डेलीले जनाएको छ। 

उनले र मोदीले पछिल्लो समय विभिन्न देशहरूमा पुगेर बहुपक्षीय सम्मेलनका क्रममा पटक पटक भेट गरेका छन्। सीले दुवै नेताले असल कार्यसम्बन्ध स्थापना गरेको बताउका छन्। 

भेटवार्ताका क्रममा दुवै देशबीच मित्रताको सकारात्मक सन्देश दिने सफल भएका छन्। ‘दुई उदयीमान शक्ति राष्ट्रहरू साझा फाइदाका लागि साझेदारीलाई बढाउन सहमति भएको सीले बताएका छन्। 

‘यो भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थप्ने विश्वास लिएको छ,’ सीले भने। 

यसैबीच भारतीय प्रधानमन्त्रीले भेटवार्तालाई ऐतिहासिक महत्त्वको रूपमा चित्रण गरेका छन्। 

दुई नेताहरूबिच भएको वार्ता द्विपक्षीय र क्षेत्रीय साझेदारीका लागि महत्त्वपूर्ण भएको विज्ञहरूले बताएको सिन्ह्वाले जनाएको छ। 


शनिवार बिहान भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच बहुपक्षी क्षेत्रमा केन्द्रित रहेर वार्ता भएको जनाएका छन्। 

‘हामीले हाम्रो आर्थिक साझेदारीलाई जनस्तरमा पुर्‍याउनका लागि छलफल भएको छ,’ उनले भनेका छन्, ‘हामीले कृषि, प्रविधि, ऊर्जा र पर्यटनलगायतका विविध क्षेत्रमा साझेदारीका छलफल गर्‍यौँ।’ 

त्यस अगाडि शुक्रवार दुई देशबीच द्विपक्षीय भेटवार्ता भएको थियो।  


ट्रेन्डिङ पोस्ट

Ncell