PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डिजिएमटी क्रिकेट : सेमिफाइनल समिकरण पुरा, एपीएफ बाहिरियो



पहिलोपोस्ट

डिजिएमटी क्रिकेट : सेमिफाइनल समिकरण पुरा, एपीएफ बाहिरियो

काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण भएको छ।

समूह चरणअन्तर्गत बिहीवार भएको खेलमा भारतीय क्लब सनेट कानपुरले विराट क्रिकेट सोसाइटीलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो।

समूह बी मा सनेट क्लबले जित हात पारेपछि त्रिभुवन आर्मी, सनेट क्लब र एपीएफको समान ४ अंक भएको छ। रनरेटको आधारमा आर्मी पहिलो तथा सनेट दोस्रो हुँदै अन्तिम चारमा पुगेको हो। समान अंक भएपछि रनरेटमा पछि परेको एपीएफ भने समूह चरणबाटै बाहिरियो।

तीन वटै टिमले समूह चरणमा खेलेका ३ मध्ये २ खेलमा जित र १ खेलमा हारको नतिजा निकालेका थिए।

अब सेमिफाइनलमा समूह ए को विजेता नेपाल पुलिसले सनेट क्लब तथा आर्मीले समूह ए को उपविजेता फोनिक्स क्रिकेट क्लबसँग खेल्नेछ।

रंगभूमि ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर क्रिकेट सोसाइटीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९४ रन मात्र बनायो। उसका लागि फिर्दोस अन्सारीले नटआउट रहदै सर्वाधिक २४ रन बनाए। यस्तै सोनु तामाङले १६ रन जोडे। बलिङमा क्षितिज कुमारले २ विकेट लिए।

जवाफमा ९५ रनको लक्ष्य सनेट क्लबले १२.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। सनेट क्लबका लागि रिसव राईले ३२ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४८ रन बनाए। यस्तै फैज अहमदले ३४ रन बनाए। बलिङमा अरसलान अख्तर र सोनु तामाङले २-२ विकेट लिए।

सेमिफाइनल खेलहरु शुक्रवार हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell