PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तानाशाही पार्टी त कांग्रेस हो, ८ सालदेखि यो प्रवृत्ति देखाइरहेको छ: प्रधानमन्त्री ओली



पहिलोपोस्ट

तानाशाही पार्टी त कांग्रेस हो, ८ सालदेखि यो प्रवृत्ति देखाइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले २००८ सालदेखि नै तानाशाही प्रवृत्ति सुरु गरेको आरोप लगाएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति भनेर जग हसाउने काम गरेको दाबी गरेका छन्।

'कांग्रेसले आजकाल पनि आफूलाई लोकतान्त्रिक र कम्युनिस्टलाई अधिनायकवादी भन्छन्। सात सालमा प्रजातन्त्र आयो तर ८ सालमा कम्युनिस्टलाई प्रतिबन्ध लगायो,' ओलीले थपे, 'यसपटक पनि दुई पार्टी मिलेर अत्याधिक मत ल्याएर जित्दा पनि दुई महिनासम्म सरकारमै बसे। यस्तो प्रतिक्रियावादी हो कांग्रेस।' 
  
सरकार छाड्न विद्यार्थी त्रिचन्द्र अगाडि उत्रिँदा कांग्रेस सरकारले निर्मम लाठी चार्ज गरेको उल्लेख गर्दै उनले कांग्रेस दमनकारी नीति बोकेको पार्टी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell