PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लेनिन जयन्तीको कार्यक्रम सुरु नहुँदै विवाद : ब्यानरको विषयमै नाराबाजी



विधुर ढकाल

लेनिन जयन्तीको कार्यक्रम सुरु नहुँदै विवाद : ब्यानरको विषयमै नाराबाजी

काठमाडौँ : लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रममा मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएको छ।

पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिने कार्यक्रम छ। 

ठूलो संख्यामा रहेका कार्यकर्ताहरु मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका हुन्। १२ बजे सुरु हुने भने पनि १ बज्नै लाग्दासमेत कार्यक्रम सुरु भएको छैन। 

ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल, जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग ओली र प्रचण्डको फोटो छ। ब्यानरमा मार्क्स र लेनिनको नभएको भन्दै कार्यकर्ता आक्रोशित भएका हुन्। लेनिन जयन्तीमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर नहुनुमा आपत्ती जनाएका हुन्। 

कार्यक्रममा शीर्ष नेता उपस्थित छैनन्। कार्यकर्ताहरु ब्यानर हटाउन गएपछि प्रहरीले उनीहरुलाई रोकेको छ।

माओवादी केन्द्रको ठाउँमा 'माके' लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ता थप आक्रोशित देखिएका छन्। कार्यक्रममा उपस्थित वर्षमान पुन कार्यकर्ता सम्झाउन सक्रिय देखिएका भए पनि आक्रोश घटेको छैन। उनीहरुले हुटिङ गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell