PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

काठमाडौं : चौथो एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ।

मिरपुरस्थित इन्डोर स्टेडियममा शनिवार भएको खेलमा बंगलादेशले नेपाललाई ३-१ को सेटमा हरायो। पहिलो सेट २६-२४ ले जितेको नेपालले त्यसपछिका सेट भने १८-२५, १४-२५, २१-२५ ले गुमायो।

च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेको नेपालले आइतवार माल्दिभ्ससँग खेल्नेछ। यस्तै आइतवारै समूह बी मा रहेका कीर्गिस्तान र तुर्किमिनेस्तानबीच खेल पनि हुनेछ।

कूल ६ टोली सहभागि च्याम्पियनसिपमा दुवै समहूमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell