PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो छ टी-२० वर्ल्ड कपको क्वालिफायर प्रोसेस, नेपालले वर्ल्डकप खेल्न ३ चरण पार गर्नुपर्ने



पहिलोपोस्ट

यस्तो छ टी-२० वर्ल्ड कपको क्वालिफायर प्रोसेस, नेपालले वर्ल्डकप खेल्न ३ चरण पार गर्नुपर्ने

काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तालिका सार्वजनिक भएको छ।

आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले वर्ल्डकपसँग पुग्न ३ चरण पार गर्नुपर्नेछ। विश्वका ६ महादेशका कूल ६२ राष्ट्रले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह बी मा भुटान, चीन, थाइल्याण्ड, मलेसिया, सिंगापुर र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। यस समूहको शीर्ष ३ स्थानमा रहने टिम एसियन फाइनल राउण्डका लागि छनोट हुनेछ। समूह्य बी का खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ।

समूह ए बाट पनि ३ टिम त्यसका लागि छानिनेछन् र फाइनल राउण्डमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। समूह ए मा युएई, बहराइन, कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन्।

उक्त फाइनल राउण्डमा ६ टिमबीच प्रतिस्पर्धा भएपछि शीर्ष दुई स्थानमा हरने टोली टी-२० वर्ल्डकप क्वालिफायरको अन्तिम चरणमा छनोट हुनेछ।

जहाँ अन्य क्षेत्रबाट आएका उत्कृष्ट टोलीसँगै ८ टिम र सन् २०१६ को वर्ल्डकप खेलेका मध्ये शीर्ष दश बाहिरका ६ गरी कूल १४ टिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यसबाट शीर्ष ६ टिम अष्ट्रेलियामा हुने टी-२० वर्ल्डकपकमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell