PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रिमियर लिग : आत्मघाती गोलको सहयोगमा चेल्सी विजयी, शीर्ष चारको सम्भावना कायमै



पहिलोपोस्ट

प्रिमियर लिग : आत्मघाती गोलको सहयोगमा चेल्सी विजयी, शीर्ष चारको सम्भावना कायमै

साविक विजेता चेल्सीले बर्नलीलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिगमा सिधै छनोट हुने सम्भावना कायम राखेको छ।

गएराती भएको खेलमा आत्मघाती गोलको सहयोगमा चेल्सीले बर्नलीलाई २-१ ले हरायो। केभिन लङले २० ओ मिनेटमा आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो। ६४औँ मिनेटमा एस्ले बार्न्सले बर्नलीका लागि बराबरी गोल फर्काएका थिए। तर भिक्टोर मोसेसले ६९औँ मिनेटमा गोल गर्दै चेल्सी ३ अंक जोड्न सफल भयो।

जितपछि ३४ खेलबाट ६३ अंङ्क जोडेको पाँचौ स्थानमा छ। चौथो स्थानको टोटनहमभन्दा चेल्सी अझै ५ अंकले पछि छ।

शीर्ष स्थानको म्यानचेष्टर सिटीले यसअघि नै लिग उपाधि पकक् गरिसकेको छ। लिगकै अर्को खेलमा लेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलद् अंक बाँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell