PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेविसंघ लज्जास्पद रूपमा कमजोर, गुटबन्दीकै कारण यस्तो भयो : संस्थापक अध्यक्ष विपिन कोइराला



पहिलोपोस्ट

नेविसंघ लज्जास्पद रूपमा कमजोर, गुटबन्दीकै कारण यस्तो भयो : संस्थापक अध्यक्ष विपिन कोइराला

काठमाडौं: नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले नेविसंघ इतिहासमै कमजोर सावित भएको बताएका छन्। नेपाली कांग्रेसमा भएको गुटबन्दीकै कारण विद्यार्थी संगठन पनि कमजोर भएको उनको आरोप थियो।

'कांग्रेसमा अहिले गुट उपगुट छ। नेविसंघ इतिहासमै कमजोर भयो। यो गुट उपगुटको रिफ्लेक्सन हो', कोइरालाले भने, 'यसलाई पार्टी नेतृत्वले मिलाएर लैजान सक्नुपर्छ।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीको त्रिचन्द्र कलेजमा आयोजति बृहत् शुभकामना आदानप्रदान एवं जलपान समारोहलाई सम्बोधन गर्दै उनले अहिले पनि नेविसंघको अवस्था २०२७ सालको जस्तै भएको बताए।

नेविसंघ २०२७ सालमा स्थापना भएको थियो। यसका संस्थापनमा पञ्चायकालका लागि लडेको स्मरण गर्दै कोइरालाले अब नेविसंघले अधिनायकवादका लागि लड्नुपर्ने दिन आएको बताए।

'देशमा प्रजातन्त्र, गणतन्त्र ल्याउने कांग्रेस, तर सत्तामा कम्युनिस्ट पुगेका छन्। उनीहरु अधिनायकवादतर्फ लम्कदैछन्,' कोइरालाले भने, 'यो ०२७ सालको जस्तै अवस्था हो। अहिलेको अध्यक्षले पनि मेरै पालामा जस्तै लड्ने दिन आएको छ।' कार्यक्रममा उनले नेविसंघकै उत्पादन देशको प्रधानमन्त्रीदेखि ठुलाठुला पदमा पुगेको स्मरण गराउँदै यस्तो संगठन कमजोर हुनु लज्जास्पद भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell