PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन



पहिलोपोस्ट

'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन

काठमाडौं: फिल्म 'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलियामा एकैदिन प्रदर्शनमा आउने भएको छ। फिल्म बैशाख २१ गते सार्वजनिक हुँदैछ।

प्रचारका लागि मोफसल यात्रा सकेर आएको फिल्म युनिट हाल काठमाडौंमा प्रोमोसन गर्दैछ। प्रचारस्वरुप गत सातादेखि राजधानीको विभिन्न मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा आयोजना गरिरहेको छ। यसअघि पोखरा, बुटवल, नारायणढ र धरानमा पनि ठ्याक लगाउने प्रतिस्पर्धासँगै पत्रकार सम्मेलन आयोजना गरी फिल्म बारे जानकारी दिएको थियो।

खगेन्द्र लामिछाने फिल्मका मुख्य अभिनेता हुन्।

लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्म 'डमरुको डण्डीबियो' पोस्ट प्रोडक्सन फेजमा छ। समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गरेको फिल्ममा छेतन गुरुङको निर्देशन रहनेछ।

फिल्ममा अन्य कलाकार अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धी तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण बिक्रम बस्नेत, अंकित खड्का लगायत कलाकार छन्। फिल्ममा संगीत काली प्रसाद बास्कोटाको रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell