PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश ५ मा जनप्रतिनिधिको तलवः मुख्यमन्त्रीको ६० सांसद्को ४५ हजार सिफारिस 



पहिलोपोस्ट

प्रदेश ५ मा जनप्रतिनिधिको तलवः मुख्यमन्त्रीको ६० सांसद्को ४५ हजार सिफारिस 

रुपन्देहीः प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ। बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ।  

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक निर्धारण, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूको पारिश्रमिक निर्धारण सम्बन्धी विधेयक दर्ताका लागि अनुमोदन गरेको हो। यस्तै, प्रदेशसभा सचिवालय गठन गर्ने ३ वटा विधेयक पनि दर्ताका लागि अनुमोदन गरेको पर्यटन मन्त्री लीला गिरीले जानकारी  दिए।

विधेयक वैशाख १२ गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिने छ। मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको ६० हजार ९०, मन्त्रीहरूको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिक सिफारिस गरेको छ। 

त्यस्तै प्रदेशसभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिस गरेको हो। सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार सेवा सुविधा सिफारिस गरिएको छ। त्यस्तै प्रतिपक्ष र सत्तापक्ष दुबैको तर्फबाट सभामा सचेतकको भूमिका निर्वाह गर्ने प्रदेश  सचेतकका लागि ४८ हजार र सभासदहरुको ४५ हजार पारिश्रमिक सिफारिस गरिएको   बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell