PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साफ सुजुकी कपमा नेपाल समूह 'ए' मा बंगलादेश, पाकिस्तान र भुटानसँग



साफ सुजुकी कपमा नेपाल समूह 'ए' मा बंगलादेश, पाकिस्तान र भुटानसँग

काडमाडौँ : आगामी सेप्टेम्बरमा हुने साफ सुजुकी कप २०१८ फुटबल च्याम्पियनसिपमा नेपाल समूह एमा परेको छ। समूह एमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेको छ। 

बंगलादेशको राजधानी ढाकामा आज समूह विभाजनको ड्र गरिएको हो। 

नेपालको पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग हुनेछ। दोस्रो खेल भुटानसित सेप्टेम्बर ६ मा नेपालले खेल्नेछ भने तेस्रो खेल बंगलादेशसित सेप्टेम्बर ८ मा हुनेछ। 

समूह चरणमा बढी अंक प्राप्त गर्ने दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछ। 

समूह बीमा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेको छ। अफगानिस्तानले भने मध्य एसियाली फुटबल एसोसिएसनसित आवद्ध भएर खेल्न थालेकोले साफ कपमा सहभागी हुनेछैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell