PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुर्घटनामा शिक्षकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा शिक्षकको मृत्यु

मलेखुः धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ।

सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते भएका छन्। बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट मोटरसाइकल सडकमा पल्टिँदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाइकल चालक ओझा घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। घाइते ओझालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा लगिएको छ। मोटरसाइकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

 

मजदूरको मृत्यु

यसैगरी, दक्षिणी धादिङको धुनीबेँशी नगरपालिका–६ स्थित इँटाभट्टामा मंगलबार एक मजदूरको मृत्यु भएको छ।

कालिका इँटा उद्योगमा काम गर्ने मजदूर बाँके जिल्ला निवासी ५५ वर्षीय मुन्ची चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए।

इँटाभट्टामा सुतेको अवस्थामा मृत्यु भएको अवस्थामा फेला परेकाले अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell