PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मनमोहन स्मृति खुला बास्केटबल आइतबारदेखि



पहिलोपोस्ट

काठमाडौं : नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ 

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ६ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष नवीन मानन्धरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए  पुरुष-महिला दुवैमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।
पुरुषको समूह ‘ए’ मा नेपाल आर्मी ‘ए’, युनिभर्सल, बुढानीकण्ठ र बलर्ज तथा समूह ‘बी’ मा आयोजक, आर्मी ‘बी’, साउथ साइडर्स, एसडिसी हाउन्ड्स र जेभियर इन्टरनेसनल रहेका छन्। महिलामा एनसीसीएस, बुढानीलकण्ठ र आर्मी समूह ‘ए’ मा छन् भने आयोजक, साइपाल एकेडेमी र समृद्धि गोरिल्ला समूह ‘बी’ मा रहेका छन्।

पुरुषको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान १०-१० हजार नगद प्रदान गरिने छ। त्यस्तै महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान ५–५ हजार नगद पुरस्कार दिइने छ।

 अध्यक्ष मानन्धरले बास्केटबललाई निरन्तरता दिदै आगामी दिनमा अन्य खेलको पनि प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी गराउदै प्रतियोगिता सञ्चालन गर्न अनुमानित ९ लाख रुपैयाँ खर्च हुने बताए। बैशाख १३ गतेसम्म चल्ने प्रतियोगिताका खेलरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell