PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

युसिएल : घरेलु मैदानमा ३ गोल गर्दै रोमा सेमिफाइनलमा, बार्सिलोना बाहिरियो



पहिलोपोस्ट

युसिएल : घरेलु मैदानमा ३ गोल गर्दै रोमा सेमिफाइनलमा, बार्सिलोना बाहिरियो

स्पानिस जायन्ट बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपिनय च्याम्पियन्स लिग (युसिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा बार्सिलोनासँग ४-१ ले पराजित भएको रोमाले दोस्रो लेगमा पुनरागमन गर्दै ३-० को शानदार जित हात पार्दै अवे गोलको फाइदा उठायो। समयग्रमा ४-४ गोलको बराबरी भएपनि रोमाले अवे मैदानमा गोल गरेका कारण अन्तिम चारमा स्थान बनाएको हो।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रोमाको  लागि एडेन जेको, ड्यानिएल डे रोसी र कोन्सानटिनोस मोनालेसले एक-एक गोल गरे।

पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले दोस्रो लेगमा भने फितलो खेल खेल्दा क्वाटरफाइनलबाटै बाहिरियो।

च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ३ गोलले पछि परेर पनि दोस्रो लेगमा कमब्याक गर्ने रोमा तेस्रो टिम बनेको छ र समग्रमा यो संयुक्त रुपमा दोस्रो उत्कृष्ट कमब्याकको रुपमा रहेको छ।

गत सिजन बार्सिलोनाले पिएसजीसँग पहिलो लेग ४-० ले हारेर पनि दोस्रो लेगमा कमब्याक गर्दै ६-१ को शानदार जित हात पारेको थियो। यस्तै २००४ मा डेपवर्टिभा ला कुरानाले पहिलो लेगमा एसी मिलानसँग ४-१ ले पराजय बेहोरे पनि दोस्रो लेग ४-० ले जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell