PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मानार्थ डाक्टर उपाधिसहित फर्किए प्रधानमन्त्री ओली, पत्रकार सम्मेलनमा भारतीय नोटबारे सोध्दा मौन

मानार्थ डाक्टर उपाधिसहित फर्किए प्रधानमन्त्री ओली, पत्रकार सम्मेलनमा भारतीय नोटबारे सोध्दा मौन


काठमाडौँ : भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी ओलीसहितको प्रतिनिधि मण्डल आइतबार राति स्वदेश फर्किएको छ। औपचारिक कार्यक्रम हिजै सकिए पनि आज गोविन्द बल्लभ पंत विश्वविद्यालयले दिएको मानार्थ पीएचडी उपाधि लिन प्रधानमन्त्री ओली उत्तराखण्ड पुगेका थिए। उत्तराखण्डबाट दिल्ली हुँदै नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री काठमाडौँ फर्किएका हुन्। 

प्रधानमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु, सभामुख कृष्णबहादुर महरालगायतले विमानस्थलमा स्वागत गरेका थिए। 

अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उतैबाट तयार पारी ल्याएको विज्ञप्ति वाचन गरी सुनाए। नोटबन्दीका कारण नचल्ने भएका नेपालमा रहेका भारतीय नोटबारे भ्रमणका क्रममा कुरा उठाउने भनी संसदमा बताएका प्रधानमन्त्रीले यस विषयमा कुरा नउठाएको बारे पत्रकारले प्रश्न सोध्दा उनले कुनै जवाफ दिएनन्। 

ग्यास बुलेट र नयाँ हवाई बिन्दूबारे भने आफूले भारतीय पक्षसित कुरा राखेको प्रधानमन्त्री ओलीले बताए। 

  


ट्रेन्डिङ पोस्ट

Ncell