PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरिता अर्यालको कथा संग्रह 'पुरुष' सार्वजनिक



पहिलोपोस्ट

सरिता अर्यालको कथा संग्रह 'पुरुष' सार्वजनिक

काठमाडौं: कथाकार सरिता अर्यालको कथा संग्रह 'पुरुष' सार्वजनिक भएको छ। उनको दोस्रो कृति शनिबार शिल्पी थिएटरमा विमोचन गरिएको हो। सांसद पम्फा भुषाल, कवियत्री कुन्ता शर्मा, सुचना आयुक्त, यशोदा तिम्सिना, लेखक सरिता अर्याल, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुष्मा ओमाटा र स्मिता घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्।

विमोचन समारोहमा महेश पौड्यालले संग्रहमा समावेश कथाहरुमाथि समीक्षा गरे। उनले अधिकांस कथामा महिला र पुरुषबिचको सम्बन्ध र सम्बन्धसँगै सिर्जना हुने विभिन्न अवस्थाहरुको चित्रण भएको बताए। भने,'प्रेम, बिछोडको वजिषय उठान छ। यस्तोमा पुरुषद्धारा प्रताडित महिलाका कथा व्यथानै केन्द्रमा रहेको पाएँ। विषय उठान र घटनाहरुलाई यथार्थपरक छन्।'

त्यस्तै वक्ता यशोदा तिम्सिनाले कथामा आफैले देख्दै र भोग्दै आएका पात्र र विषयहरु रहेको महसुस गरेको तर्क राखिन्। समीक्षासँगै लेखक अर्यालले भनिन्,'शीर्षक पुरुष राखिएको छ  तर कथाहरुले पुरुषको बिरोध गर्दैनन्।'

बिएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तक १२४ पृष्ठको छ। यसको बजार मूल्य २२५ हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell