PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले रोपे रुद्राक्ष



पहिलोपोस्ट

दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले रोपे रुद्राक्ष

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा पुगेका छन्। 

भारतको तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको टोली नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको पन्तनगर स्थित विश्वविद्यालयमा ओयोजित विशेष दीक्षान्त समारोहमा सहभागी हुन पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको विरुवा रोपेका छन्। प्रधानमन्त्री ओलीको स्वागतमा त्यहाँका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। 

प्रधानमन्त्री ओलीलार्इ विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell