PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार: राप्रपा



पहिलोपोस्ट

हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार: राप्रपा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि गरिएको गोली प्रहारको भत्र्सना गरेको छ।
‘विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासको हत्या गर्ने उदेश्यले गरिएको गोली प्रहारको राप्रपा निन्दा एवं घोर भत्सर्ना गर्दछ,’ राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तीमा भनिएका छ।

मोरङको रानीजतुवामा आइतवार राति २ बजेतिर श्रीनिवासमाथि गोली प्रहार भएको हो। उनमाथि दुई राउन्ड गोली प्रहार भएको र घाइते श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो घटना हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दुत्वप्रति समर्पित अभियन्ताहरु, धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभित तुल्याउने प्रयासको योजनाबद्ध श्रृखलाको एक कडीको रुपमा राप्रपाले लिएको राप्रपाले जनाएको छ।

राप्रपाले घटनाको तत्काल छानविन गरी अपराधीलाई कडा सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell