PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कैदमै 'मर्सिडिजमा हिँड्ने गुन्डा नाइके' अभिषेक गिरीको कारागार सरुवा, जेलभित्र रुवावासी



पहिलोपोस्ट

कैदमै 'मर्सिडिजमा हिँड्ने गुन्डा नाइके' अभिषेक गिरीको कारागार सरुवा, जेलभित्र रुवावासी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ। अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै 'गुन्डा राज' चलाएको खबर पाएपछि गृहमन्त्री थापाले गिरीलाई सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए।
 
शुक्रवार दिउँसो गिरीलाई मोरङ जिल्ला कारागारबाट केन्द्रीय कारागार पठाइएको गृहमन्त्री थापाका सहयोगी किरण भट्टराईले जानकारी दिए। गिरी लामो समयदेखि जेलभित्र 'गुन्डा राज' गर्दै आएका थिए। उनलाई जेल सरुवा गर्दा जेल भित्रका कैदीहरुले आन्दोलन तथा नाराबाजी गरेका थिए। 

गत सोमवार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा देशको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका गृहमन्त्री थापाले कारागार भित्र रहेका कैदी मर्सिडिज लिएर हिँड्ने गरेको खुलासा गरेका थिए। गृहमन्त्री थापाले भने, 'खै भाइ नाइके हो कि के नाइके? विराटनगर कारागारमा रहेका कैदी सहरमा मर्सिडिज लिएर हिँड्ने गरेको सुन्दै छु। कारागारमा नै दादागिरी र हप्ता असुली हुन्छ रे। त्यसलाई अब ठीक ठाउँमा राख्नुपर्छ।'
 
गृहमन्त्री थापाकै निर्देशनमा देशभरिका चालचलन ठीक नभएका कैदी, भाइ नाइके, नाइके समेतको सरुवा सुरु भएको हो। देशभरका ७२ वटा कारागारमा अहिले १९ हजार कैदीबन्दी छन्। गुन्डा नाइके समिरमान सिंह बस्‍नेत, रमेश बाहुन, सञ्जय साह टकला, चाल्स शोभराज लगायतका कुख्यात अपराधी जेलमा सजाय काटिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell