PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

आर्यघाटमा बजिरहेछ ‘अरबौं मान्छेहरुमा तिमी एक... ' श्रद्धाञ्जली यशोदा सुवेदी

आर्यघाटमा बजिरहेछ ‘अरबौं मान्छेहरुमा तिमी एक... ' श्रद्धाञ्जली यशोदा सुवेदी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शोकाकुल मान्छेहरुको भिडमा प्रेमगीत घन्किरहेको छ। कसैको अन्तिम संस्कारमा सायदै यसरी गीत बजाइन्छ। तर कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीलाई श्रद्धाञ्जली दिन जम्मा भएको भिडमा गीतको आवाज चर्को छ।

गीतले भन्छ ‘अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे’। गीतमा स्वर र शब्द रहेको छ मदनकृष्ठ श्रेष्ठको। केही अन्तर्वाताहरुमा उनले भनेका छन् ‘अरबौं मान्छेहरुमा तिमी एक’, ‘अन्जानमै तिमीसित कस्तो माया लाएँ’, ‘खोला वारी खोला पारी’ लगायत गीत उनले यशोदा सुवेदीसँगको प्रेम सम्झिएर लेखेका गीतहरु हुन्। तर यी प्रेमगीतहरुले जसलाई सम्बोधन गर्छन् उनीनै चितामा सुतिरहेकी छिन्। सोमबार राती करिव पौने ९ बजे मदनकृष्ण श्रेष्ठकी श्रीमतीले हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा प्राण त्यागिन्।

६८ वर्षिय यशोदा पाँच वर्षयता फोक्सो र आन्द्राको क्यान्सर उपचाररत थिइन्। मदनकृष्ण श्रेष्ठसँग उनको प्रेम विवाह भएको हो। ७ महिना अघि ४४ औं वैवाहिक वर्षगाँठको दिन पारेर मदनकृष्ण श्रेष्ठले किताब ‘महको म’ सार्वजनिक गरेका थिए।

यशोदा सुवेदीको अन्तिम संस्कारमा नेपाली कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ। छोरा यमन श्रेष्ठले सुवेदीलाई दागबत्ती दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell