PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गाजा क्षेत्रमा इजरायली सेनाको गोली चलाउँदा कम्तिमा १५  प्यालेष्टिनी प्रदर्शनकारीको मृत्यु



पहिलोपोस्ट

गाजा क्षेत्रमा इजरायली सेनाको गोली चलाउँदा कम्तिमा १५  प्यालेष्टिनी प्रदर्शनकारीको मृत्यु
Photo: AFP

गाजाः गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि कम्तिमा १५ जना प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ। 

प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयका अनुसार सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबिच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ। 

झडपमा परी एक हजार ४०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ। 

छ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टिनी समूह सुरुमै गाजा र इजरायलको सीमा छुट्ट्याइएको सीमापर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि भएका झडपमा ठुलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते बनेका हुन्। 

इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फायर’ द्वारा आक्रमण गरेको थियो। प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टिलका गोली तथा अश्रुग्यासको असरले प्रभावित भएका जनाइएको छ। 

तर इजरायली सीमा सुरक्षा बलले शनिवार एक विज्ञप्ति जारी गरी गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्यभएर दङ्गा नियन्त्रणको उपाय अवलम्बन गरेको र केही राउण्ड गोलीसमेत चलाएको जनाएको छ। 

यसैबिच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुथ्रेसले शुक्रवार गाजा क्षेत्रमा भएको हिंसात्मक झडपबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेका छन्। उनका सहप्रवक्ता फारहन हकले एक विज्ञप्ति जारी गरी अनुसन्धानका लागि महासचिवले आग्रह गरेका हुन्। 

महासचिवले यस दःखद घटनाले प्यालेस्टिनी र इजरायली नागरिकले शान्तिपूर्ण तथा सुरक्षित भएर बाँच्न पाउने वातावरणको सिर्जना गर्न सार्थक वार्ता गरी इजरायल प्यालेस्टाइनबीच शान्ति प्रक्रियाको आवश्यकतालाई जोड दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell