A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7a0e74b03688.04106775): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7a0e74b03688.04106775,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रधानमन्त्री ओलीको 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान, यसै आर्थिक वर्षमा अगाडि बढ्दै
PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रधानमन्त्री ओलीको 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान, यसै आर्थिक वर्षमा अगाडि बढ्दै



बीपी साह

प्रधानमन्त्री ओलीको 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान, यसै आर्थिक वर्षमा अगाडि बढ्दै

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको धरहरा आफैँ बनाउने सपना यसै आर्थिक वर्षमा साकार हुने भएको छ। भूकम्पले क्षति भएको धरहार यसै आर्थिक वर्षमा टेन्डर गरी निर्माण प्रक्रिया थालनी हुने भएको छ।

धरहराको डिजाइन तयार भएर अहिले प्राविधिक परीक्षणका काम भइरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राविधिक परीक्षणमा माटो लगायतका तीन विषयको परीक्षण रिपोर्ट केही दिनमै आउने प्रवक्ता यमलाल भुसालले जानकारी दिए।

‘केही दिनभित्रै प्राविधिक प्रतिवेदन आउँदै छ’ प्रवक्ता भुसालले पहिलोपोस्टसँग भने,‘प्रतिवेदन आउने वितिकै हामीले धरहरा निर्माणका लागि टेन्डर प्रक्रियामा जाने छौँ। प्राधिकरणले यसै आर्थिक वर्षमा निर्माण प्रक्रिया थाल्ने लक्ष्य लिएको छ।’

धरहरा अन्तर्राष्ट्रियस्तरको बन्ने भएकोले अन्तर्राष्ट्रियस्तरमै टेन्डर हुने भुसालले जानकारी दिए।

चार अर्बको लागतमा सरकारले धरहरा आफैँ निर्माण गर्न लागेको छ्। जसमा ‘मेरा धरहरा म बनाउँछु’ अभियानबाट करिब ९ करोड रुपैयाँ जम्मा भएको छ। बाँकी रकम सरकारले आफैँ व्यवस्था गर्न लागेको प्रवक्ता भुसालले बताए।

यसअघि प्रधानमन्त्री भएका बेला ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान चलाएर आफ्नो एक महिनाको तलब समेत कोषमा जम्मा गरेका थिए। धरहरा पुनर्निर्माण कोषमा करिब ९ करोड रुपैयाँसमेत सङ्कलन भएको थियो।

२०७३ पुस २९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा पुनर्निर्माण जिम्मेवारी नेपाल टेलिकमलाई दिएको थियो। तर धरहराको डिजाइनका विषयमा कुरा नमिल्दा टेलिकम पछि हटेको थियो।

यसअघि प्रधानमन्त्री भएका बेला ओलीले एक वर्षभित्रै धरहरा पुनर्निर्माण हुने बताएका थिए। तर प्राविधिक कामसमेत अगाडि बढ्न सकेको छैन।

अहिले ओली दोस्रोपटक प्रधानमन्त्री भएका छन्। धरहरा निर्माणका विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरिरहेकोले प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको जानकारी प्राधिकरणले दिएको छ ।

काठमाडौंस्थित सुन्धारामा ११ तल्ला धरहराको निर्माण वि.सं.१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गरेका थिए। वि.स.१९९० माघ २ मा आएको महाभूकम्पको कारणले धरहराको २ वटा तला भत्केर ९ तला मात्र बाँकी रहेको थियो। २०७२ वैशाख १२ गते आएको अर्को महाभूकम्पले धरहरा पुर्णरुपमा नष्ट भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell